Thaha

Sunday 22 September - 1:40 am NST

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सबैलाई दशैंको शुभकामना,  आर्थिक विकासमा केन्द्रीत हुनुपर्नेमा जोड


काठमाडौ, ५ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान बनेसँगै मुलुकलाई आर्थिक र सामाजिक विकासतर्फ केन्द्रित हुने बाटो खुलेको बताउनुभएको छ । बडादसँैंका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले प्रमुख राजनीतिक मुद्दा निरुपण भएकोले अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिमा लगाउन जोड दिनुभएको छ ।

‘जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको छ । ’ राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ–जनआन्दोलनका उपलब्धि लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरुप प्राप्त गरेका छन् ।’